संसद छोडेर आन्दोलनमा जाने राजपाको चेतावनी

काठमाडौं, असार २४। संसदबाट एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राष्ट्रिय जनता पार्टीका एक नेताले चेतावनी दिएका छन् ।

राजपाका शीर्ष नेता महेन्द्रराय यादवले अबको एकसाताभित्र संविधान संशोधन प्रस्ताब पारित नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् ।

याे पनि पढ्नुस  राजपा कार्यकर्ताले एमाले र राप्रपाको झन्डा जलाए

शनिबार राजधानीको एक साक्षात्कारमा नेता यादवले सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएको बताए । आफूहरु पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र पनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं ।’

कमेन्ट गर्नुहोस्