नेपाली जनप्रगतिसिल मञ्च ओमनको प्रथम महाधिवेशन भब्य रूपमा सम्पन्न

सुशान आचार्य
युएइ, असार २४ । नेकपा माओवादी केन्द्र निकट विदेश विभाग सङठन नेपाली जन प्रगतिशील मञ्च ओमनको प्रथम महाधिवेशन शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका बरिष्ट नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ (प्रकाश) प्रमुख आतिथ रहेको उक्त कार्यक्रम ओमनको गोब्रास्थित अल रिफ होटेलमा सम्पन्न भएको थियो । सो कार्यक्रममा जनवादी गायक नवीन खड्काको पनि उपस्थिति रहेको थियो।

 

अधिवेशन आयोजक समितिका संयोजक पदमप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीमा नेपाली राजदूतावास ओमनकी महामहिम राजदुत शर्मीला पराजुली ढकाल , उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्ष चण्डिराज ढकाल तथा एनआर एनए मध्यपुर्व संयोजक डिबि क्षेत्री रहेका थिए ।

कार्यक्रममा ओमनस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,पत्रकार तथा बैदेशिक रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रचार प्रसार समितिका संयोजक तुला गिरीले संचालन गरेको कार्यक्रममा अतिथी गायक नवीन खड्काको सांगेतिक प्रस्तुतिले कार्यक्रम निकै रोचक बनाएको थियो ।
ओमनका विभिन्न छेत्रमा रहेका झन्डै पाँचसय भन्दा बढी नेपालीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्चका नवनिर्वाचित अध्यक्ष उमेश विक सहित २७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।

जसको उपाध्यक्ष हेम आचार्य , चक्रमान तामाङ र कमला तामङ रहेका छन भने महासचिवमा समित अधिकारी ,सचिवमा रामसिङ तामङ ,दिपक परियार र र्इश्बर राना मगर रहेका छन । त्यस्तै सह सचिवमा शोभा आचार्य कोषाध्यक्षमा पञ्चराम स्याङ्तान र सह–कोषाध्यक्षमा राम लासिवा रहेका छन ।

यस्तै सदस्यहरुमा टेक बहादुर कामी ,अर्जुन कार्की ,सुरेस बराली ,स्याम महतो ,रिनामाया ,चित्र बहादुर केसि ,बिभी तामङ ,विशाल सुब्बा ,कमल कटुवाल ,संकर अधिकारी,दिपक परियार ,सीता घिमिरे ,बिक्रम तामङ र अरु दुई जना पछी थप्ने गरि राखियको छ ।

यस्तै मन्चको नवगठित सल्लाहकार समितिमा तुला गिरि र पदम प्रसाद अर्याल मन्च संरक्षक रहने गरि तोलाकान्त भट्टराई ,ज्ञानेन्द्र खनाल , ईच्छा राई र मुन्ना बाबू परियार लाई सल्लाहकार सदस्यमा राखियको छ ।

कार्यक्रममा नेपालबाट आएका प्रमुख अथिती श्रेष्ठले नव निर्वाचित सबैलाई बधाई तथा कार्यकाल सफल बनाउन शभकामना दिदै बिदेशी भुमिमा रहँदासमेत पार्टी र देश प्रति सङठनले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरेका थिए ।

जनवादी गायक नवीन खडकाले विभिन्न गीतसंगीतमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।

कमेन्ट गर्नुहोस्