बागमती नदी नेपालको गौरव हो : मन्त्री साह

काठमाडौं, असार २४ । बागमती नदी नेपालको गौरव भएकाले ढलको उचित व्यवस्था गरी यसको सफाई अभियानलाई प्रभावकारी बनाउन आफू लागि पर्ने सहरी विकास मन्त्री प्रभु साहले जनाएका छन ।

बागमती सफाई अभियानको २ सय १७ औं हप्ताको सफाई अभियानमा सहभागि हुँदै मन्त्री साहले बागमति सफाई अभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए । उनले जग्गा अतिक्रमण तथा सफाई अभियानलाई प्रविधिसँग जोड्ने गरी मन्त्रालयले भूमिका खेल्ने जानकारी दिए ।

सफाई अभियानका अभियन्ता सिस्नोपानी नेपालका महासचिव टंक आचार्यले मन्त्री साहलाई बागमती मैत्रीको भएको बताए । सफाई अभियानमा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मालगायत विभिन्न क्षेत्रका नागरिकको ठूलो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्