हुम्लामा खाद्य संकट, दोषी को ?

हुम्ला, असार २४ । खाद्य संस्थानले समयमै चामल ढुवानी नगर्दा हुम्लामा जिल्लामा खाद्यन्न अभाव हुने भएको छ ।

संस्थानको सिमकोटस्थित खाद्य गोदाममा अहिले २५ क्विन्टल चामल मात्र मौज्दात रहेको छ । जिल्लामा दैनिक ठूलो मात्रामा खाद्यन्नको माग रहेकाले खाद्यन्नको अभाव सुरु हुने अबस्था सृजना भएको हो ।

चालु आर्थिक वर्षमा हुम्लाका लागि निधारित कोटाको चामल संस्थानले समयमै ढुवानी नगराउँदा अहिले समस्या सृजना भएको हो । चालु आर्थिक वर्षमा सरकारले हुम्लाका लागि निधार्रणा गरेको कोटाको ४६ प्रतिशत चामल ढुवानी हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्