काठमाडौं, असार २४ । भारतमा लागू भएको वस्तु तथा सेवा कर प्रणाली (जीएसटी)का कारण सिमा नाकामा ठूलो संख्यामा मालबाहक ट्रक र ट्याङ्कर रोकिएका छन् ।
कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका दर्जनौं ट्रक र भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजल बोकेर आएका दर्जनौं ट््याङ्कर गएको आइतबारदेखि भन्सारमा रोकिएका छन् ।
गएको जुन ३० तारिखदेखि भारतमा लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सिमा नाकामा समस्या उत्पन्न भएको र नेपाल ल्याइदै गरको करोडैको मालसमान नाकामा रोकिएका छ ।