किन रोक्यो भारतले मालबाहक ट्रक र ट्याङ्कर ?

काठमाडौं, असार २४ । भारतमा लागू भएको वस्तु तथा सेवा कर प्रणाली (जीएसटी)का कारण सिमा नाकामा ठूलो संख्यामा मालबाहक ट्रक र ट्याङ्कर रोकिएका छन् ।

कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका दर्जनौं ट्रक र भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजल बोकेर आएका दर्जनौं ट््याङ्कर गएको आइतबारदेखि भन्सारमा रोकिएका छन् ।

याे पनि पढ्नुस  मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुन राष्ट्रिय टीममा पर्न सफल

गएको जुन ३० तारिखदेखि भारतमा लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सिमा नाकामा समस्या उत्पन्न भएको र नेपाल ल्याइदै गरको करोडैको मालसमान नाकामा रोकिएका छ ।

कमेन्ट गर्नुहोस्