माओवादी केन्द्रकाे सचिवालयको विस्तारित बैठक साउनमा बस्ने

काठमाडौं,असार  २५  । माओवादी केन्द्रले पार्टी सचिवालयको विस्तारित बैठक साउन पहिलो साताका लागि बोलाएको छ । दोस्रो चराण्को स्थानीय तह निर्वाचनको समीक्ष र आगामी रणनीतिका विषयमा छलफल गर्न साउन २ गते बैठक बोलाईएको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । ‘निर्वाचनको समीक्षा र पार्टीका आगामी योजनाका विषयमा छलफलका लागि साउन २ गते पार्टी सचिवालयको बैठक आह्वान गरिएको छ’, प्रवक्ता भुसालले भनिन्, ‘सचिवालयमा नरहनुभएका जिल्लाका इन्चार्जहरुलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

कतिपय जिल्लामा सचिवालय सदस्यले नै जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि बैठकमा माओवादीले जिल्ला ईन्चार्जसहित समीक्षा गर्न लागेको हो ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्