२४ घण्टे सेनाको कारबाहीमा ७८ आतंककारी मारिए

काबुल, असार २५ । अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारवाहीमा ती आतंककारी मारिएका हुन् ।

सुरक्षा कारबाहीका क्रममा ७८ आतंककारी मारिनुको साथै अन्य ४३ जना घाइते भएको गृह मन्त्रालयद्वारा शनिबार (आज) जारी विज्ञप्तिमा जानकारी दिइएको हो ।

‘गत २४ घण्टामा अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले आतंककारी विरुद्धको सात ओटा सुरक्षा कारबाही चलाएको थियो । ती कारबाहीका क्रममा ७८ जनाको मृत्यु भएको छ भने, ४३ जना घाइते भएका छन्,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

अफगानिस्ताको उरुज्गान, नान्गार्हार, हास्का मिना, सिन्वार, कान्दाहार र कुन्दुज बाल्ख प्रदेशको सो कारबाही जारी रहेको थियो ।

मन्त्रालयको विज्ञप्तिमा ठूलो संख्यामा हातहतियार र विस्फोटक पदार्थ बरामदगरी नष्ट गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर, यस कारबाहीको क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको वा नभएको बारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

अफगानिस्तानको सुरक्षा बलले तालिवान लडाकूहरुका विरुद्धमा केही समयदेखि सुरक्षा कारबाही बढाएको र यस केही सीमासम्म सफलता पनि प्राप्त भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्