सरकारमा जानेबारे छलफल गर्न राप्रपाकाे बैठक बस्दै

काठमाडौं,असार २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

अहिले बिहान १० बजे राप्रपाको संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव र सरकारमा पार्टीको सहभागीताका विषयमा छलफल केन्द्रित रहने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्