नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने

काठमाडौं,असार २५ । पहिरोको उच्च जोखीम भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो ।

प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिनेछ ।

यसअघि व्यवस्थापिका–संसद् विकास समितिले यही असार ११ गते त्यो सडक खण्डको अनुगमन गरेको थियो । समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो ।

कमेन्ट गर्नुहोस्