अक्षय कुमार सानो पर्दामा जज बन्दै, फिमेल होस्टको खोजी

असार २५ । आठ वर्षको लामो अन्तरालपछि पुनः दर्शकमाझ आउन लागेको कमेडी शो ‘द इण्डियन लाफ्टर च्यालेन्ज’मा बलिउड स्टार अक्षय कुमार जज बन्ने भएका छन् ।

अक्षय कुमार छोटो पर्दामा देखिन लागेको यो पहिलो पटक भने होइन, यस भन्दा अगाडि पनि अक्षय डेयर टु डान्स शोको जज गरिसकेका छन् । फिल्ममा आफ्नो कमेडीले दर्शक हँसाउन सफल अभिनेता अक्षय अब कमेडी शो को मुख्य जज बन्ने भएका हुन् ।

बलिउड खबरका अनुसार यस शोमा ग्ल्यामर कायम राख्नको लागि फिमेल होस्टको खोजी भईरहेको छ, जसमा अभिनेत्री एली अबराम अनुबन्धित हुने पनि सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्