सल्यान, असार २५ । दाङबाट रुकुमका लागि छुटेको यात्रुबाहक बस आज बिहान सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको थप उपचारका लागि दाङ लगिएको छ भने अन्यको सल्यानमै उपचार भईरहेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक करिब एक सय मिटर तल खेतमा खस्दा दुर्घटना भएको हो ।
पानी परिरहेकाले बाटो चिप्लो भएको र गाढी अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।