राप्रपाकाे शर्त : उपप्रधानसहित चार मन्त्रालय चाहिन्छ

काठमाडौं, असार २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानसहित चार मन्त्रालय पाए सरकारमा जान सकिने बताएको छ । सरकारलाई समर्थन दिएपनि सम्मानजनक सहभागिता सुनिश्चित् नभई सरकारमा जान नसकिने पार्टीको अडान रहेको राप्रपा नेता दिलनाथ गिरीले जानकारी दिएका छन् । उनले आफूहरुले सम्मानजनक सहभागिता चाहेको भन्दै त्यो पूरा भएको खण्डमा सरकारमा सहभागिता रहने बताए ।

राप्रपाले सरकारमा जान उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई मन्त्रीहरु मात्रै दिने तयारी गरेका छन् । बैठकले संसदमा पेश भएको आर्थिक वर्ष २०७४/७५ को बजेट पारित गर्ने निर्णय पनि गरेको छ ।

पार्टी संसदीय दलको बैठकले आर्थिक वर्ष २०७४/७५ सालको बजेट पारित गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को बजेट विहीबार संसदमा निर्णयार्थ पेश हुँदैछ । सोही सम्बन्धमा छलफल गर्न आईतबार विहान बसेको पार्टी संसदीय दलको संघीय ढाँचा अनुसार राज्य संचालन गर्न अतिआवश्यक भएको निश्कर्ष निकाल्दै बजेट पारित गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्