नयाँ मौद्रिक नीति: डेढ करोडसम्म आवास कर्जा पाइने

काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा आवासीय कर्जाको रकमको सीमा बढाएको छ ।

आइतबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि यसअघि बैंकहरुले आवासीय कर्जाका स्वरुप १ करोडसम्म ऋण दिदै आएकोमा यसलाई बढाएर १ करोड ५० लाख रुपैयाँ बनाइएको बताए ।

काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) ५० प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको र यपत्यका बारिको हकमा ५० प्रतिशततै रहेको पनि गर्भनर नेपालले बताउ ।

यो व्यवस्थाले संघीयता कार्यान्वयन भइरहेको सन्दर्भमा विकेन्द्रित विकासलाई समेत प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्