सुरक्षा निकायको विकासमा लागिपर्छु : गृहमन्त्री शर्मा

काठमाडौं, असार २५ । गृहमन्त्री जनार्दन शर्माले संघीय संरचना अनुसार सुरक्षा निकायहरुलाई विकास गर्नुलाई प्राथमिकताका साथ लिएको बताएका छन् ।

आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री शर्माले गृहका लागि प्रयाप्त बजेट विनियोजन नभए पनि प्राप्त बजेटलाई सक्दो सदुपयोग गर्ने बताए ।

याे पनि पढ्नुस  लोडसेडिङ अन्त्य गर्न उर्जालाई अर्थले दियो साँढे पाँच अर्व

उनले विपद व्यवस्थापन, भौतिक निर्माण गरी कारागारहरुको सुधार, कारागारमा बन्दी जीवन विताएकाहरुलाई श्रमसँग जोड्ने कार्यक्रम, राष्ट्रिय परिचयपत्र निर्माण गर्ने तथा काठमाडौं उपत्यका भित्रको ट्राफिस जामको समस्या समाधानको लागि प्रभावकारी कार्यक्रम सुरु गर्न बजेटमा व्यवस्था गरिएको जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्