कृषि बैंकका कर्मचारी बेपत्ता

पर्वत, असार २५ । कृषि विकास बैंक, कुश्मा शाखामा कार्यरत कर्मचारी विगत चार दिनदेखि बेपत्ता हुनुभएको छ । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका दीपेन्द्र गौडेल असार २२ गतेदेखि बेपत्ता भएका छन् ।

बुधबार बेलुका कार्यालयबाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहीबार बिहान ४ बजेदेखि सम्पर्कविहीन बनेका हुन् । बैंकका लेखापाल पदमा कार्यरत गौडेल लामो समयदेखि बैंकमा कार्यरत थिए ।

उनी सम्पर्कबिहीन हुनुको कारण भने पत्ता लागेको छैन ।

चार दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतले गौडेल बेपत्ता भएको र खोजी गरिदिने भन्दै कुनै पनि जानकारी र निवेदन नआएको बताएको छ ।

गौडेलका छोरा दिपेश गौडेलले आफ्नो फेसबुक पेजमार्फत आफ्ना पिता दीपेन्द्रशर्मा गौडेलको अवस्था थाहा हुन नसकेकाले खोजी गरिदिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्