चितवनको कालिका महिला संघको संयोजकमा पुन:न्यौपाने चयन 

चितवन, असार २५ । तवनको कालिका नगरपालिका अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को संयोजकमा फेरि कविता न्यौपाने चयन भएकी छिन् ।

संघको दोश्रो नगर भेलाले न्यौपानेको अध्यक्षतामा ३३ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा जानुका भट्ट, सचिवनमा विष्णु शर्मा, कोषाध्यक्षमा सुनमाया वल र सह–सचिवमा भगवती थापा रहेकी छिन् ।

संघकी अध्यक्ष न्यौपानेको अधयक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र चितवनका जिल्ला इन्जार्च ईश्वरी भट्टराई प्रमुख अतिथि र कालिका नगर ईन्जार्च रामध्वज डल्लाकोटी विशेष अतिथि रहेका थिए ।

कमेन्ट गर्नुहोस्