भवन निर्माणका लागि प्राधिकरणको सहयोग

काठमाडौं असार २५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राचीन महत्व झल्कने खालका भवन निर्माणका लागि थप ५० हजार सहयोग गर्ने भएको छ ।

सिंहदरवारमा आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्प प्रभावित क्षेत्रहरु खोकना, बुङमति, साँखु, गोरखा, नुवाकोट र दोलखाका सम्पदा बस्तीमा प्राचीन महत्व झल्कने खालका भवन निर्माणका लागि थप ५० हजार सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि छुट्याइएको १ खर्ब ४६ अर्ब बजेटको खाका र प्राधिकरणलाई आवश्यक पर्ने संरचना र दरबन्दी स्वीकृतिका लागि आगामी बुधबार बस्ने निर्देशक समितिको बैठकमा पेश गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्