लसुनको सेवन फाइदा की बेफाइदा

लसुनलाई सामान्यतयः तरकारीमा मसलाको रुपमा प्रयोग गरिन्छ । यसले खानालाई स्वादिष्ट मात्र बनाउँदैन । यसको आफ्नै विशिष्ट गुण छ । मसलाको रुपमा प्रयोग गरिने लसुनको औषधिय गुण पनि अनेक छन् । लसुनलाई गाउँघरमा औषधीय पदार्थका रुपमा पनि लिइन्छ र धेरै त्यस्ता रोगहरुलाई यसले निको पनि पार्दछ ।

लसुनका फाइदाहरु:
बिहान खाली पेटमा मन तातो पानीसँग लसुन सेवन गर्दा उच्च रक्तचाप जस्ता दीर्घरोग नियन्त्रण हुने बताइन्छ । लसुनमा एन्टि ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुन्छ ।

– रगत शुद्धिकरण गर्छ ।
– यसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।
– कोलोस्टोरको मात्रा घटाउँछ ।
– संक्रमण हुन दिदैन ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

लसुनका बेफाइदाः
तर सधै लसुन सेवन लाभकारी हुदैन । तपाईको स्वास्थ अवस्था अनुसार कहिले काँही यो हानिकारक पनि हन्छ । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्था अनुसार लसुनको प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ ।

– एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखाला जस्ता समस्यामा लसुनको प्रयोग बन्द गर्नुपर्छ । लसुुनले यस्ता समस्यालाई अझ बढाउन सक्छ ।

– रक्तअल्पत्रा ९एनिमिया० का विरामीका लागि पनि लसुनको सेवन हानीकारक हुनसक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोविनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हीमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ ।

-यदी तपाईलाई न्युन रक्तचाप वा लो(व्लडप्रेसरको समस्या छ भने लसुनको प्रयोग सकिन्छ भने त गर्दै नगरौ, सकिदैन भने पनि न्यून मात्रामा मात्र गरौ । किनकी यसले रक्तचापलाई अझ न्युन बनाउँछ । जबकी उच्च रक्तचाप भएका व्यक्तिका लागि लसुन निकै उपयोगी बन्न सक्छ । यसले उच्च रक्तचापलाई न्युन गर्न मद्दत गर्छ ।

– गर्भावस्थामा लसुनको प्रयोग पनि हानीकारक हुनसक्छ, किनकी लसुन गरम प्रकृतिको हुने भएकोले यसले गर्भमा रहेको शिशुलाई हानी पुर्‍याउन सक्छ ।

– यदी तपाई कुनै किसिमको शल्याक्रिया नगर्ने सोचमा हुनुहुन्छ भने त्यतिबेला पनि लसुनको प्रयोग हानीकारक हुनसक्छ । किनकी लसुनले रगतलाई पातलो बनाउँछ, जसले गर्दा शल्यक्रियाका क्रममा अधिक रगत बग्ने सम्भावना खतरा बढी हुन्छ । कारण

कमेन्ट गर्नुहोस्