यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्

इराक । द्वन्द्वग्रस्त मुलुक इराकको मोसुलबाट एउटा अचम्मको भिडियो सार्वजनिक भएको छ ।

त्यहाँ एक महिलाले आफ्ना नाबालक छोरासहित आफूलाई पनि बमले उडाएकी छिन् । घटनामा अन्य दर्जनौँ मानिस पनि घाइते भएका छन् ।

काखमा नाबालक छोरा बोकेकी ती महिला हाते व्याग बोकेकी थिइन् जसभित्र बम थियो । सुरक्षाकर्मीको अनुसन्धानपछि यी महिला महिला एकजना आईएस आतंकवादीकी पत्नी भएको खुलेको छ ।

इराकी पुलिसका सार्जेन्ट अली अब्दुल्ला हुसेनका अनुसार ती महिला पहिले धेरै संख्यामा सैनिकहरू जम्मा भएको स्थानमा पुगेकी थिइन् । त्यहाँ उनले बस विष्फोट गराउन असफल भइन् । र उनले पहिलो पटकमै बमलार्इ विस्फोट गराउन असफल भइन् ।

त्यसपछि सैनिकहरुले आफूमाथि शंका गरेको हो कि भनी उनी डराएर छिटोछिटो हिँडेर भाग्ने क्रममा बम पड्किन पुग्यो । बम विस्फोट त्यहाँ दर्जनौँ मानिस घाइते हुन पुगे । यो घटनामा महिला र उनका छोराको घटनास्थलमै ज्यान गयो ।

हुसेनका अनुसार अघिल्लो तीन दिनमा इराकी सुरक्षा बललार्इ निशाना बनाउँदै यस किसिमका चारवटा घटना भइसकेका छन् ।

इराकमा आईएस आतंकवादीको अन्तिम गढ मोसुलमा सेना जितको करिब नजिक पुगेको छ । इराकी सुरक्षा बलले चाँडै नै मोसुलमा पूर्णनियन्त्रण कायम गर्ने जनाएको छ । आईएस आतंकवादीको गढमा रहेको सैन्य बस्ती पुर्णरूपमा ध्वस्त बनाइसकिएकाले इराकी सेनाले यस्तो दावी गरेको हो ।

शहर बाहिर शिविरमा रहेका एक व्यापारी मोहम्मद हाजी अहमदका अनुसार यदि शहरमा पुनर्निर्माणको काम थालिएन भने त्यहाँका बासिन्दालार्इ पुनर्स्थापित गराउन एकदमै गाह्रो छ ।

मोसुल सहर अब कुनै बेला आतंकवादी संगठनको गढका रूपमा कुख्यात अब हार खाने अन्तिम अवस्थामा पुगिसकेको छ।

कमेन्ट गर्नुहोस्