खाना ढिलो दिएको निउँमा गोली हानी श्रीमतीको हत्या

एजेन्सी, असार २५ । भारतको उत्तरप्रदेश राज्यको गाजियाबाद जिल्लामा ५५ वर्षीय पतिले ५५ वर्षीय पत्नीले खाना ढिलो दिएको भन्दै गोली हानी हत्या गरेका छन् ।

शनिबार राती अशोक कामबाट घर फर्किएपछि उनले पत्नी सुनैनालाई खाना पस्किन भने । सुनैनाले खाना दिन ढिलाइ गरेपछि अशोक रिसले आगो भए र कोठामा गएर बन्दुक निकालेर उनको कनचटमा गोली हानिदिए ।

गोली लाग्ने बित्तिकै सुनैनाको मृत्यु भयो । गोली चलेको आवाज सुनेर वरिपरिका मानिस उनीहरुको घर आए । जसका कारण अशोकले भाग्ने मौका पाएनन् । उनले पुलिससमक्ष आत्मसमर्पण गरे र आफ्नो अपराध स्वीकार गरे ।

पुलिसले अशोकलाई पक्राउ गरेको छ । अशोक र सुनैनाको विवाह भएको २५ वर्ष भइसकेको छ । उनीका दुई सन्तान छन्, उनीहरुको पनि विवाह भइसकेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्