राजपालाई देखाएर सरकार चुनाब टार्न खाज्दै छ : ओली

झापा, असार २५ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले राष्ट्रिय जनता पार्टीलाइ खुशी बनाउने बाहानामा यो महिनाभित्र संविधान संशोधन गरेर प्रदेश नम्बर २ को चुनाव हुन नदिने खेलमा लागेको आरोप लगाएका छन् ।

झापाको विर्तामोडमा आइतबार आयोजित कार्यक्रममा उनले सत्तापक्षीय गठबन्धन मुलुकको हितमा भन्दा पनि क्षणिक स्वार्थका लागि बनेको दाबी गरे। अध्यक्ष ओलीले भने, ‘ पटक पटक निर्वाचन सारेर सरकार निर्वाचन नगर्ने खेलमा लागेको छ, राजपाको निहु पर्दै सरकारले आफै निर्वाचन नगर्ने खेल खेलेको हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली एमालेका विरुद्ध जस्तासुकै षड्यन्त्र गरिएपनि त्यो सफल नहुने भन्दै स्थानीय तह सञ्चालनका क्रममा निष्ठालाई नविर्सिन नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिए।

ओलीले सबै दललाई मिलाएर स्थानीय तह सञ्चालन गर्न स्थानीय तहका निवार्चित जनप्रतिनिधिहरुलाई निर्देशन दिए।

कमेन्ट गर्नुहोस्