ढुङ्गाले लागेर मजदुरको मृत्यु

रसुवा, असार २५। ढुङ्गाले टाउकामा लाग्दा अपर सोमदाङ हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बारबार्दिया नगरपालिका–८ का २३ वर्षीय मोहन अधिकारी रहेका छन् ।

उनको शव परीक्षणका लागि रसुवा अस्पताल पु¥याइएको छ । आज बिहान ९ बजे पार्वतीकुण्ड गापा–१ मा काममा खटिरहेका अधिकारीलाई माथिबाट सेको ढुङ्गाले लागेको थियो ।

अधिकारीको टाउकाको तालु र कञ्चटमा गम्भीर चोट लागेको भेटिएको तथा उनलाई अस्पताल पु¥याउनुपूर्व नै मृत्यु भइसकेको पाइएको जिल्ला अस्पतालका मेडिकल अधिकृत चिकित्सक प्रतीक्षा खतिवडाले जानकारी दिइन ।

कमेन्ट गर्नुहोस्