बस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत

दिपक बोहरा

दाङ २५ असार । सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । दाङबाट रुकुमतर्फ जाँदैगरेको ना ४ ख ५७५४ नंबरको यात्रुबहाक बस आईतबार दुर्घटना हुँदा सल्यान छत्रेश्वरी गाउपालिका–४ का ४८ वर्षीय सिताराम केसी र रुकुम त्रिबेनी ६ खाराका मानबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिए ।

गम्भीर घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको थियो । २८ जना सवार सिस्ने हिमाल यातायात ब्यबसायी समितिको बस सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी २६ जना घाईते भएका थिए । घाईते मध्य ३ जना प्राथमीक उपचारपछि घर गएकोे प्रहरीले बताएको छ ।

अन्य घाईतेहरुको जिल्ला अस्पताल सल्यान, राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । बस सल्लेखोलाको भीरबाट सय मिटर तल खेतमा खसेकोे थियो

कमेन्ट गर्नुहोस्