चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १५ तस्वीर

मनोज घर्तीमगर
सियान, २५ असार । चीनको साताव्यापी भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आईतबार सान्सी प्रान्तको यनानको भ्रमण गरेका छन् । । चिनियाँ जनवादी क्रान्तिको आधार इलाका यानान भ्रमणको क्रममा उनले जनवादी क्रान्ति स्मृति संग्राहलय, क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)को कार्यालय स्थल, सिपिसिको चर्चित साँतौ बैठक स्थल र शीर्ष नेताहरुको निवास स्थलको भ्रमण गरेका थिए । उनको भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायतका सहभागी थिए ।

उपराष्ट्रपति पुन आइतबार सियानमा रहने छन । उनी सोमबार युनानको राजधानी कुन्मिङको भ्रमण गरेर सोमबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

यानान भ्रमणका क्रममा खिचिएका तस्वीरहरु :
१. चिनियाँ जनवादी क्रान्ति स्मृति संग्राहलयमा राखिएको माओत्सेतुङले प्रयोग गरेका पेस्तोल र लगाउने टोपी अवलोकन गर्दैै उपराष्ट्रपति ।

२. चिनियाँ जनवादी क्रान्तिमा जनमुक्ति सेनाले प्रयोग गरेका हतियार अवलोकन गर्दैै उपराष्ट्रपति ।

३. जनवादी क्रान्तिको क्रममा राखिएका पसल झल्कने ठाउँ अवलोकन गर्दैै उपराष्ट्रपति ।

४. माओत्सेतुङ चढ्ने घोडाको स्ट्याचु अगाडि उपराष्ट्रपति ।

५. माओत्सेतुङको निवास अगाडि उपराष्ट्रपति ।

६. जनवादी क्रान्ति स्मृति संग्राहलय अगाडि राखिएको माओको ठूलो शालिक अगाडि उपराष्ट्रपति, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायत ।

७. सिपिसिको कार्यालय रहेको घर । अहिले पनि संरक्षित रुपमा राखिएको छ । सो घरको अगाडि उपराष्ट्रपति ।

 

८. माओलगायत सिपिसिका शिर्ष पाँच नेताको शालिक अगाडि उपराष्ट्रपति ।

९. बैठकको क्रममा माओत्सेतुङ बस्ने सुरुङभित्र रहेको घरभित्र उपराष्ट्रपति । साथमा राजदूत पौडेल ।

१०. माओ कार्यालय पुग्ने सुरुङको नजिकमा उपराष्ट्रपति ।

११. माओले पत्रिका पढ्ने स्थानमा उपराष्ट्रपति ।

१२. सिपिसिको सातौं बैठक कक्षमा उपराष्ट्रपति ।

१३. माओको बेड रुममा उपराष्ट्रपति ।

१४. उपराष्ट्रपति, पृष्ठभूमिमा आधुनिक यानान ।

१५. सान्सीको राजधानी सियानमा रहेको टेर्रा कोट्टा सैनिक संग्राहलयको भ्रमण गर्नुहुँदै उपराष्ट्रपति ।

संग्राहलयमा २०२३ वर्ष पहिले टेरा कोट्टा भन्ने राजाको पालामा निर्मित मूर्तिहरु राखिएका छन्, जुन किसानले कृषिका लागि जमिन खन्ने क्रममा फेला पारेपछि उत्खनन् गरिएका हुन् ।

मनोज घर्तीमगर
उपराष्ट्रपतिको प्रेस संयोजक हुन ।

कमेन्ट गर्नुहोस्