राजपालाई चुनाब चिन्ह छाता दिन सकिदैंन : आयोग

काठमाडौं, असार २५ । निर्वाचन आयोगले असोज २ गते हुने निर्वाचनमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई नयाँ चुनाब चिह्न दिन नसकिने बताएको छ । अब उसले एकता प्रकियामा सामेल ६ दल मध्ये कुनै एक दलको चुनाव चिन्ह लिएर निर्वाचनमा जानु पर्नै छ ।

निर्वाचनको मिति घोषणा भई दुई चरणको स्थानीय निर्वाचन सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ । राजपाले बिहीबार मात्र दल दर्ताका लागि आवेदन दिएको थियो । र उसले छाता चुनावको माग गर्दै आएको छ ।

संविधानको धारा २६९ र २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय निर्वाचन चिन्ह प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दलदर्ताको टुङ्गो लगाउनुपर्ने कानुनी व्यवस्थानुसार राजपाले बुझाएको दलको घोषणापत्र, विधान लगायत आवश्यक कागजातको अध्ययन भइरहेको पनि आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्