के कुरा भए गृहमन्त्री शर्मा र श्रीलंकाली राजदुत पेरेराबीच

काठमाडौं, असार २५ । गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागी श्रीलंकाली राजदुत डब्लुएस पेरेराबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको भेटमा नेपाल र श्रीलंकाबीचको द्विपक्षीय हितका बारेमा छलफल भएको बताइएको छ ।

भेटमा गृहमन्त्री शर्माले श्रीलंका र नेपाल शान्ति प्रक्रियाको नयाँ चरणमा रहेको बताएका थिए । राजदुत पेरेराले शिक्षा क्षेत्रमा श्रीलंकाले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने गरेको र नेपालले पनि पोखराको मणिपाल कजेलमा श्रीलंकाली विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको बताएको जनाइएको छ ।

१८ औं सार्कको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन जुलाई ११ देखि १३ सम्म गृहमन्त्री शर्मा श्रीलंका भ्रमणमा जादैं छन । भ्रमणका क्रममा श्रीलंकाली समकक्षीसँग पनि आफुले कुराकानी गर्ने मन्त्री शर्माले बताए ।

कमेन्ट गर्नुहोस्