सञ्चार क्षेत्रलाई व्यवस्थीत गर्न आमसञ्चार नीति कार्यान्वयन

काठमाडौं, असार २५ । आमसञ्चार र पत्रकारिता क्षेत्रलाई व्यवस्थीत  आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न ल्याइएको ‘आमसञ्चार नीति’ जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

चेतना मिडया प्रालिद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चार क्षेत्रमा देखिएका विकृति र विसङ्गति रोक्दै व्यवस्थित गर्न सञ्चार नीतिको आधारमा सञ्चार ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

याे पनि पढ्नुस  पत्रकारको क्षमता अभिवृद्धि गराउन महासंघलाई सुझाव

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चार माध्यमको विकास, विषयवस्तुमा परिवर्तन, मिडिया एकाधिकार भइरहेको सन्दर्भमा आमसञ्चार नीतिको कार्यान्वयन गर्न जरूरी रहेको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले सञ्चारमाध्यममा कार्यरत पत्रकारले न्यूनतम पारिश्रमिक पाए÷नपाएको बारे समितिले हप्ता दिनभित्रमै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

याे पनि पढ्नुस  ‘पत्रकारिताको भाषामा सरलताको अभाव’

चेतना मिडया प्रालिका अध्यक्ष रामकुमार क्षेत्रीले आमसञ्चार नीति कार्यान्वयन गर्न सञ्चार क्षेत्रबाट सकारात्मक दबाब दिनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्