ठूलो परिमाणको अबैध लागुऔषध बरामद

काठमाडौं, असार २५ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार १२ सय एम्पुल अबैध लागुऔषध बरामद गरेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४७५५ नं. को यात्रुबहाक बसमा चेकजाँचको गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरी जनाएको छ ।

प्रहरीले डाइजेल्याव, फिनार्गन र नुफिर्न ४००–४०० सय एम्पुल गरी १२०० एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।

लागुऔषध कसले ल्याएको हो भन्ने थाहा नभएको र शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्