संविधान संशोधनमा दुई तिहाइ पुर्याउन साना दललाई आकर्षक मन्त्रालय !

काठमाडौं, असार २६ । सरकारले व्यवस्थापिका संसदमा एकदुई सिट भएका साना दललाई सरकारमा सहभागी गराएर संविधान संशोधन विधेयक पारित गराउन अन्तिम कसरत थालेको छ ।

सत्तासीन दलबाट मात्र संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने भएपछि सरकारमा सहभागी मुख्य दल  कांग्रेस र माओवादी केन्द्रले सरकारको विपक्षमा रहेका तर एकदुई सांसद भएका साना दललाई सरकारमा सहभागी गराएर संशोधनको पक्षमा दुई तिहाइ पुर्याउने अन्तिम कसरत थालेको हो ।

सरकारमा सहभागी एक मन्त्रीले गत शुक्रबार सरकार पक्ष तथा आन्दोलनरत राजपाका शीर्ष नेताहरुको बालुवाटारमा भएको छलफलमा संशोधन निर्णयार्थ पेस गर्ने समझदारी जुटेपछि साना दललाई सरकारमा ल्याएर दुई तिहाई पु¥याउने अभ्यास तीव्र बनेको बताए ।, राजधानी दैनिकमा खबर छ  ।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारबाटै साना दलसँगको छलफल तीव्र बनाएका छन् । केही दलले सरकारमा सहभागी भएर संशोधनको पक्षमा मत हाल्ने संकेत समेत गरेपछि सरकार हौसिएको छ । छलफलमा राजपा र राप्रपाका नेताले संशोधनको पक्षमा दुई तिहाइ पु¥याउन भूमिका खेल्ने बताएपछि सरकार साना दलप्रति आशावादी बनेको हो ।

‘मिति त तय भएको छैन तर विपक्षमा रहेका एकदुई सिटे दलका नेताहरुलार्य पनि आकर्षक मन्त्रालयसहित सरकारमा ल्याउने तयारी भएको छ । उहाँहरु सरकारमा आउन र संशोधनमा सघाउन तयार हुनुहुन्छ, एकसाताभित्रै संशोधन गरी सरकार विस्तार हुन्छ,’ एक मन्त्रीले भने ।

कमेन्ट गर्नुहोस्