बिर्तामोडलाई टुकीमुक्त सहर बनाउने निर्णय

बनियानी (झापा), असार २६ । झापाको बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले नगरलाई सुरक्षित, हिंसारहित र जनमुखी बनाउने निर्णय गरेको छ ।

आइतबार सपथ र पदभार ग्रहणलगत्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले बिर्तामोडलाई विषादीमुक्त तथा प्रदुषणमुक्त सहर घोषणा गर्ने, एक वर्षभित्र नगरलाई टुकीमुक्त सहर घोषणा गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख शिवाकोटीले बताउनुभयो ।

“नगरको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउन आगामी छ महिनाभित्र आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेका छौँ” उपप्रमुख पवित्रा महतरा प्रसाईंले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्