वाढीपीडितलाई राहत दिन मन्त्रीपरिषद्मा छलफल

प्रधानमन्त्री देउवाको रोजाइमा परराष्ट्रसल्लाहकार नियुक्त

काठमाडौ, असार २६ । सप्तरीका बाढी पीडितलाई टहरा निर्माण र जस्तापाताका लागि सरकारले तत्काल प्रतिपरिवार २५ हजार राहत उपलब्ध घोषणा गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमै पुगी त्यहाँका बाढी पीडितहरुलाई रकम उपलब्ध गराउने घोषणा गरेको थिए । त्यसै अनुसार आज बसेको मन्त्रीपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको छ । साथै सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धतालाई पनि अनुमोदन गरेको छ ।

प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ ।

सप्तरीमा स्थानीय महोली खोलाको बाढीले तिरहुत गाउँपालिकाको लोहजारा बाँध भत्काएपछि ६ सय भन्दा बढी घर परिवार डुवानमा परेका हुन् ।

त्यस्तै मन्त्रीपरिषद्को वैठकबाट प्रधानमन्त्री देउवाको पदभार ग्रहणको झन्डै एक महिनापछि परराष्ट्र सल्लाहकार नियुक्त गरिएको छ ।

मन्त्रिमण्डल विस्तार गर्नमा ढिलाई हुँदै गर्दा प्र्रधानमन्त्री देउवाले आज परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेका हुन् ।

देउवाले सचिवालय र प्रेस सल्लाहकार अझैं चयन गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्