खोलाले जिप बगाउँदा चारजना बेपत्ता

पाल्पा, असार २६ । खोलाले जिप बगाउँदा पाल्पामा चारजना बेपत्ता भएका छन् ।

माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उहाँकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदम कुँवर र जिप चालककी श्रीमती तानसेन नगरपालिकाका करिब २८ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिए ।

जिप चालक शक्ति बस्नेतको सकुशल उद्धार गरिएको छ भने बेपत्ता यात्रु र जिपको खोजी कार्य जारी छ । खोलामा पानीको बहाव बढेपछि उद्धार कार्यमा समस्या परेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्