कतारमा एक नेपालीको मृत्यु

असार २५ । रोजगारीको शिलसिलामा कतारमा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलका सर्बधन सुनुवार रहेका छन् । १२ वर्ष पहिलेदेखि कतारमा कार्यरत सुनुवार कतारको श्रम कानुन परिवर्तन भएपछि ५ महिना पहिले मात्रै कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्दै थिए ।

बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुतेका र फेरि साँझ ५ बजेका लागि काममा जानेबेलासम्म पनि नआएपछि बोलाउन जाँदा मृतक फेला पारेको उनका सहकर्मी कृष्ण उप्रेतीले जानकारी दिएका छन् ।

सुनुवार सेवा समाज कतार शाखाको प्रथम उपाध्यक्ष समेत रहेको सुनुवार शव हमाद अस्पतालमा राखिएको र आवश्यक प्रक्रिया पुर्‍याएर शव नेपाल पठाउने तयारी भैरहेको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्