सभामुख र नेपालका लागि नर्वेका महामहिम राजदूतसंग विदाई भेट

काठमाडौ., असार २६ । सभामुख ओनसरी घर्ती र नेपालका लागि नर्वेका राजदूत केजेल टर्माेड पेटरसेनबीच बिदाई भेट भएको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा भएको भेटमा नेपाल र नर्वेका बीचको दुई पक्षीय हित र आपसी सहयोगका बिषयमा छलफल भयो ।

छलफलको सुरुमा सभामुखले राजदूत केजेल टर्माेड पेटरसेनले नेपालमा रहँदा दुई देशको हितमा खेलेको भुमिकाका लागि धन्यवाद दिए ।

याे पनि पढ्नुस  निवर्तमान सभामुख ओनसरी घर्ती दम्पतीबाट मतदान

सभामुखले नेपालको दिर्घकालिन विकासका लागि नर्वेले सन १९९६  देखि नै प्राथमिकतामा राखेकोमा धन्यवाद दिदै जलविद्युत क्षेत्रमा नर्बेको सहयोगको सराहना गरे ।

सभामुखले दुई देशका संसद, सांसद एवं सचिवालय बिचको सम्बन्धलाई दुवै देशका संसदीय मैत्री समूहमार्फत थप प्रगाढ बनाउन प्रस्ताव गरे ।

याे पनि पढ्नुस  गणतन्त्र दिवसमा सभामुखकाे शुभकामना

जवाफमा महामहिम राजदुतले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन संसदीय मैत्री समिति बनाएर अघि बढ्न तयार रहेको बताउँदै आगामी सेप्टेम्बरमा नर्बेमा हुन लागेको निर्वाचनका लागि नेपालका तर्फबाट राजनीतिज्ञहरुलाई पर्यव्यक्षणका लागि लैजान लागेको जानकारी गराए ।

राजदुत केजेल टर्माेड पेटरसेनले नेपालको शान्ति प्रकृयाले कहिले टुंगो पाउँछ भन्ने जिज्ञासा राख्दै बाँकी रहेको स्थानीय तह, प्रदेश र संघको चुनावको निस्पक्षताबारे जिज्ञासा रारे । भेटमा संसदका महासचिव मनोहर प्रसाद भट्टराई लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्