विद्यार्थीलाई चौबीसै घन्टा छुट

पोखरा, असार २६ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्यार्थीले परिचयपत्रमार्फत पाउने छुटलाई चौबीसै घण्टा दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

अनेरास्ववियु पोखरा ईञ्जीनियरिङ कलेजले विद्यार्थी परिचयपत्रमार्फत छुटको व्यवस्था सुनिश्चित गर्न आइतबार ज्ञापनपत्र बुझाएका थिए ।

गत बिहीबार साँझ पोखरामा यात्राका क्रममा अनेरास्ववियु केन्द्रीय सदस्य रिता ढकाललाई विद्यार्थी परिचयपत्रका आधारमा छुट दिन नगर बसले अस्विकार गरेको थियो । साँझको समयमा विद्यार्थी छुट दिन नमिल्ने भन्दै तोकिएको भन्दा बढी भाडा उठाउन खोजेपछि प्रतिकार गर्दा उनलाई ग १ ख ५००४ को बसका कर्मचारीले दुव्र्यवहार गरी ओरालेका थिए ।

याे पनि पढ्नुस  अन्नपूर्ण क्षेत्रको पदयात्राः अवसर र चुनौतीको दोसाँधमा

ज्ञापनपत्र बुझ्दै मेयर जिसीले विद्यार्थी परिचयपत्रका आधारमा विद्यार्थीले जुनसुकै समयमा छुट पाउनु पर्ने बताएका छन् । मेयर जिसीले कार्यकक्षबाट पोखरा नगर बस व्यवसायी समितिका अध्यक्षलाई टेलिफोन गरी विद्यार्थी पत्रका आधारमा चौबीसै घण्टा ४५ प्रतिशत छुट गर्ने सरकारी नीतिको पक्षमा उभिन व्यवसायीहरुलाई निर्देशन दिएका हुन् ।

याे पनि पढ्नुस  सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने

यसैबीच पीडित ढकालले मेयर तथा पोखरा बस व्यवसायी समितिलाई उक्त घटनाका दोषीहरुलाई कारबाही गर्न लिखित निवेदन समेत दिएकी छिन् । अनेरास्ववियुले आइतबार नै पोखरा बस व्यवसायी समितिलाई समेत ज्ञापन पत्र बुझाएको अनेरास्ववियुले जनाए ।

कमेन्ट गर्नुहोस्