घुम्ने कुर्सीमा नबस्ने शुक्लाफाँटा नगर प्रमुखको निर्णय

कञ्चनपुर, असार २६ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐरले आफू घुम्ने कुर्सीमा नबस्ने निर्णय गरेका छन् । पाँच वर्षका लागि मेयरमा निर्वाचित ऐरेल नगरपालिकामा आफू बस्नका लागि काठको कुुर्सी घरबाटै लिएर गएका छन् ।

आफ्नो निर्णयलाई उनले कार्यभार सम्हाल्नु पहिल्यै कार्यान्वयन गरिसकेका छन्। नेपाली कांग्रेसबाट प्रमुख बनेका ऐरले पदभार ग्रहण गर्नुअघि नै घरबाट नै काठको कुर्सी लिएर गरेका थिए। आफू सामान्य परिवारको भएकाले भोगविलासमा नलाग्ने उनले बताए ।

नगरप्रमुख ऐरले घरबाट ल्याएको काठको कुर्सीमा कार्यालयमा बसेको फोटो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ। त्यस्तै  उपप्रमुखमा विजयी तुलसीदेवी हमाल भने घुम्ने कुर्सीमै बसेकी छन्।

तस्वीर : गणेश भट्टको फेसबुकबाट

कमेन्ट गर्नुहोस्