कांग्रेस–एमालेले माओवादी एजेण्डा भन्दा बाहिर गएर काम गर्न सक्दैनन् : प्रचण्ड

असार २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने बताएका छन् ।

सोमबार माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं । तर, माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ । निर्वाचनमा कांग्रेस, एमाले लगायतका दल र उम्मेदवारले जिते पनि उनीहरुले काम माओवादीकै गर्नुपर्नेछ । संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन । जित्न त उनीहरुले जिते । तर, काम हाम्रो गर्छन्, गर्न बाध्य छन् ।’

प्रचण्डले स्थानीय तहमा माओवादीले जित्दा सुनमा सुगन्ध हुने बताउँदै ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताउनु भयो । प्रचण्डले थप्नुभयो, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि फर्कनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन । सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।’

कमेन्ट गर्नुहोस्