राष्ट्रपतिको सुरक्षा र गरिमाका लागि गाडी किन्ने सामान्य : प्रधानमन्त्री

काठमाडौं, असार २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिदै राष्ट्रपतिका निम्ति गाडी खरिद गर्नेसम्बन्धी प्रस्ताव अहिलेसम्म नआएको जानकारी गराएका छन ।

सामाजिक सञ्जालमा व्यापक आलोचना भईरहेको राष्ट्रपति कार्यालयबाट गाडी किन्नका लागि १६ करोड रुपैयाँ बजेट माग भएको सामाचार आएपछि यो विषयले संसदमा पनि प्रवेश पाएको हो । उक्त विषयलाई सर्वत्र आलोचित भएको समयमा देउवाले त्यस सम्बन्धी प्रस्ताव सरकारलाई प्राप्त नभएको बताएका हुन् ।

सोमबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई सामान्य मान्नुपर्छ ।’

आजकै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको भन्नेबारे सरकारको जवाफ मागेका थिए ।

सांसदहरुका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसदको निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताए ।

कमेन्ट गर्नुहोस्