काम गर्न कुनै समस्या छैन : मन्त्री गच्छदार

काठमाडौं, असार २६ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिधिहरुले ऐनकानुन अभावमा काम गर्न नपाएको गुनासो गरिरहेका समयमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तह संचालनमा कुनै समस्या नरहेको जनाएका छन् ।

मन्त्री गच्छदारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नभई कानुन बन्ने अवस्था नरहेकाले सरकारले तत्कालका लागि स्थानीय तहको संचालन गर्न संवैधानिक व्यवस्था अनुसार आदेश, कार्यविधि र दिग्दर्शन बनाई अगाडि बढेको बताए ।

याे पनि पढ्नुस  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गच्छादारलाई

व्यवस्थापिका संसदमा विनियोजन विधेयकका विभिन्न शिर्षकमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गच्छदारले स्थानीय तह संचालनका लागि सरकारले स्थानीय तह संचालन तथा व्यवस्थापनसम्बन्धि आदेश २०७४ जारी गरेको बताए ।

नेपालको संविधानको धारा ३ सय २ मा स्थानीय तहको संचालनका लागि आवश्यक कार्यविधि बनाउन सकिने व्यवस्था छ ।

याे पनि पढ्नुस  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गच्छादारलाई

संविधानको धारा २ सय २६ अनुसार स्थानीय आर्थिक ऐनको नमूना, विनियोजन ऐनको नमुना, गाउँपालिका÷नगरपालिकाको कार्य विभाजन र कार्य सम्पादन नियमावली, स्थानीय तहको बैठक संचालनसम्बन्धि नियमावलीको समेत व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्