पूर्वसांसदसहित विभिन्न पार्टीका दर्जनौ नेता माओवादी केन्द्र प्रवेश

काठमाडौं, असार २६ । नयाँ शक्ति पार्टी नेपालका नेता एवम पूर्वसांसद शिवचन्द्र कुशवाहासहितका चार दर्जन भन्दा धेरैनेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार दिउँसो राजधानीको लाजिम्पाटमा रहेकोे अध्यक्ष प्रचण्डको नीजि निवासमा आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायत दजनौ नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नेपाली कांग्रेसबाट कमल जैसवाल, चिनीलाल दास, हरेन्द्र जयसवाल, जयप्रकाश चौधरी, शेख हासिम, हरि साह, लालबाबु जयसवाल, भिखारी दास रहेका छन् ।

त्यस्तै एमालेबाट प्रवेश गर्नेहरुमा गाउँ विकास समितिका पूर्वअध्यक्ष गौरीशंकर जयसवाल, सुरेशप्रसाद जयसवाल, राजेशकुमार शर्मा, प्रमोदप्रसाद जयसवाल, गंगाप्रसाद जयसवाल, खहेरु ठाकुर, त्रिलोकी जयसवाल, सिकन्द्रप्रसाद जयसवाल, राजकिशोर जयसवाल, धिरेन्द्र जयसवाल, अमिन्द्र कुमार, चन्दन प्रसाद, सुरेश जयसवाल, मनोज प्रसाद, बिजेन्द्र प्रसाद, सञ्जय प्रसाद, रामु महतो, योगन्द्र प्रसाद रहेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यसैगरी राजपाका प्रल्हाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेल लगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवआगन्तुक नेता–कार्यकर्तालाई खादा र माला लगाएर पार्टी प्रवेश गरे ।

कमेन्ट गर्नुहोस्