सुत्केरी भत्ता पाँच हजार दिने उपमहानगरको निर्णय

दाङ, असार २६ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता पाँच हजार दिने निर्णय गरेको छ । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने भएका छन् ।

उपमहानगरपालिका पदाधिकारीको आज बसेको बैठकले मातृशिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि सुत्केरी भत्ता पाँच हजार दिने निर्णय गरेको हो ।

बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने लगायतका निर्णय गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्