बाढीपीडितको विचल्ली : धमिलो पानी र चिउरा खाँदै 

सप्तरी, असार २७ । आँगनमा अझै पनि डेढ फिटजति पानी छ ।  भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै ।

सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो ।  बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।

बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।, नगारिकमा  खबर छ ।

कमेन्ट गर्नुहोस्