प्रतिनिधिसभामा ४ प्रतिशत थ्रेसहोल्ड, प्रदेशसभा पनि लगाम

काठमाडौँ, असार २७ । सरकारले प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावसहित प्रतिनिधिसभा निर्वाचन विधेयक संसद्मा पेस गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउनका लागि तोकेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड तोकिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार कुल सदर मतको समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट नजित्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछैन ।

यस्तै सरकारले प्रदेशसभा निर्वाचनमा भने डेढ प्रतिशत थ्रेसहोल्डको प्रस्ताव गरेको छ । प्रदेश सभा निर्वाचनसम्बन्धी विधेयक पनि संसद्मा सोमबार नै दर्ताका लागि पेस भएको छ । संवैधानिक प्रावधानअनुसार माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि सम्पन्न गर्नुपर्ने दायित्व सरकारसामु छ । तर, कानुनी व्यवस्था भने अहिलेसम्म बनिसकेको छैन ।, गोरखापत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्