समन्वय समिति चुनाव: एमाले र फोरमबीच तालमेल

बाँके, असार २७ । जिल्ला समन्वय समिति गठनका लागि बाँकेमा एमाले र संघीय समाजवादी फोरम नेपालबीच तालेमल भएको छ ।

आठ स्थानीय तह रहेको बाँकेमा स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै समन्वय समिति गठनका लागि दलहरुबीच गृहकार्य सुरु भएकै बेलामा तालमेल भएको हो ।

चार स्थानीय तहसहित २९ वडा जितेर पहिलो पार्टी बनेको एमाले र एक स्थानीय तहसहित ८ वडा जितेको संघीय समाजवादी फोरम नेपालबीच तालमेल हुने भएपछि जिल्ला समन्वय समिति एकलौटी हुने भएको छ ।,राजधानीमा खबर छ ।

कमेन्ट गर्नुहोस्