बम फ्याँक्ने प्रहरी हवल्दारलार्इ जनार्दनकाे पुरस्कार

काठमाडौं, असार २७  । स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् ।

तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् । हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्