दाङका व्यापारी श्रेष्ठका हत्यारा भारतमा पक्राउ

दाङ, असार २७ । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्याका प्रमुख योजनाकारलाई लामो समयपछि पक्राउ गर्न प्रहरी सफल भएको छ ।

व्यापारी श्रेष्ठको हत्या गरी फरार भएका हत्याका प्रमुख योजनाकार भनिएका टीकाराम घर्तीमगर, उनकी छोरी पूजा घर्तीमगर, र मानबहादुर भण्डारीलाई भारतको हिमाञ्चलबाट पक्राउ गरिएका प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव २१ दिनपछि सल्यानमा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्