बम फ्याक्ने हवल्दारलाई भेटेर मैले धन्यवाद मात्र दिएको हुँ : गृहमन्त्री

काठमाडौं, असार २७ । दाङको तुलसीपुरस्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिए । ‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भने ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दाङ, तुलसीपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो । यसैबिच गृहमन्त्री शर्माले आफुले हवल्दार रानालाई १५सय दिएको हल्ला मात्र भएको भन्दै खण्डन गर्नु भएको छ ।

उनले सामाजिक संजाल फुसबुक मार्फत स्पष्ट पारे, ‘ नेपाल प्रहरीका हवल्दार श्री दुर्गाबहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु १५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’

कमेन्ट गर्नुहोस्