संशोधन प्रस्तावमा सहयोग नर्गन थापालाई ओलीको आग्रह

काठमाडौं, असार २७ । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच मंगलबार भेटवार्ता भएको छ ।

एमाले संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा सत्तापक्षले आव्हान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल र संविधान संशोधनका विषयमा कुराकानी भएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष थापालाई सत्तापक्षले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन नगर्न आग्रह गरेका छन् ।

जवाफमा राप्रपा अध्यक्ष थापाले आफूहरु नैतिक बन्धनमा रहेको बताएका थिए । राप्रपा अध्यक्ष थापा एमालेलाई पनि साथ लिएर जानुपर्छ भन्ने पक्षमा छन ।

कमेन्ट गर्नुहोस्