नेपालले बंगलादेशलाई १–० गोलले हरायो

काठमाडौं, असार २७ । नेपाली यु–२३ टोलीले बंगलादेशको यु–२३ टोलीलाई १–० गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि कप्तान बिमल घर्तिमगरले गोल गर्दै विजयी बनाएका हुन्।

खेलको २० औं मिनेटमा अन्जल बिष्टले दिएको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका हुन्।

खेलमा दुबै टोलीले केही राम्रा गोल गर्ने अवसर गुमाएका थिए।

कमेन्ट गर्नुहोस्